युएईले ओमानलाई १० विकेटले हराएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुराे

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहेको छ । मलेसियामा भएको छनोट प्रतियोगिताको अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले हराएसँगै नेपालको झिनो आशा पनि समाप्त भएको हो ।

प्रतियोगितामा सिंगापुर विरुद्धको खेलमाबाट नै बलियो सुरुवात गरेको नेपालले प्रतियोगिताको मुख्य खेलका रुपमा रहेको युएई विरुद्ध एक रनका झिनो हार ब्यहोर्न पुग्यो । कारण बर्षाले खेल संभव नभएपछि डकवर्थको नियमका आधारमा नेपाल एक रनले पछि पर्नु नै नेपालका लागि विश्वकपको ढोका खोल्ने यात्रामा तगोरो लाग्यो । त्यसपछि पनि नेपालले आफुलाई बलियो सावित गर्दै एकपछि अर्को जित निकालेपनि अर्को पट्टि युएईले पनि आफ्नो जितको यात्रालाई कायम राख्न सफल भयो ।

नेपालको अन्तिम आशाका रुपमा ओमानले युएईलाई हराउन सक्छ की भन्ने थियो तर सो खेलमा यूएईले १० विकेटको जित निकालेपछि नेपालको संभावना समाप्त भएको हो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest