नेपालद्वारा कुवेत ८ विकेटले पराजित

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि तेस्रो विकेटका लागि राम्रो साझेदारी गर्दा कुवेतको पारी सम्हालिएको थियो । उसका लागि नोमान बुद्रोले उत्कृष्ट अर्धसतकीय पारी खेले । उनले ७० रन बनाए । यस्तै गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए ।

बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, शूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए ।

जवाफमा नेपालले २८ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । नेपालका दुबै ओपनरले अर्धसतकीय पारी खेले । पवन सराफ ५३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालका रित गौतम ६२ रनमा आउट भएपछि एक सय ४० रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै आसिफ शेखले अविजीत ३३ रन बनाए ।

यो जितले पनि नेपालको विश्वकप यात्रा सफल हुन सकेन । अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले हराएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको हो । नेपालको विश्वकप यात्रामा धक्का लाग्नुमा मुख्य दोशी बर्षा बन्यो । युएई विरुद्धको खेलमा बर्षाका कारण खेल अवरुद्ध भएपछि नेपालले एक रनको हार ब्यहोरेको थियो । जुन नेपाल विश्वकपमा छनोट हुनुको मुख्य कारण बन्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest