विश्वकपका लागि श्रीलंकन टिमकाे घाेषणा

श्रीलंकाले इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि विहिवार १५ सदस्यीय टोली घोषणा गरेको छ ।

दिमुथ करुणारत्नेलाई कप्तानको जिम्मेवारी गर्दै १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा दिनेश चाण्डीमल,अलिका धनन्जय,उपल थरंगा, निरोशन डिक्ववेलाले स्थान बनाउन सकेनन् ।

श्रीलंकाको पछिल्लो दुई वर्षमा खस्कदो प्रर्दशन गर्दै आएको छ । विश्वकपमा श्रीलंकाले जुन १ मा न्युजिल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ । वान डे विश्वकप श्रीलंकाले सन् १९९६ मा जितेको थियो ।

विश्वकप खेल्ने श्रीलंकाको १५ सदस्यः
१. दिमुथ करुणारत्ने (कप्तान)
२.एंजेलो मैथ्यूज
३.लाथिस मलिङ्गा
४.कुशल परेरा
५.लाहिरू तिरिमन्ने
६.अविष्का फर्नांडो
७.कुशल मेन्डिस
८.धनन्जय डी शिल्भा
९.जेफ्री वान्डरसे
१०.तिसेरा परेरा
११.इसुरु उडना
१२.सुरुङ्गा लकमल
१३.नुवान प्रदिप
१४.जीवन मेन्डिस
१५.मिलिंडा सिरिवर्दना

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest