नेपाली यू-१९ टिम आज स्वदेश फर्किदै

आइसीसी यू१९ विश्वकपमा स्थान बनाउनबाट चुकेको नेपाली युवा टिम आज स्वदेश फर्कदैछ ।

विश्वकप खेल्ने सपनाका साथ मलेसिया पुगेको नेपाली युवा टिमले युएईसँग ब्यहोरेको एक रनको झिनो हार नै घातक बन्न पुग्यो । सो खेलमा बर्षा बाधक नभएको खण्डमा नेपालले विश्वकपमा स्थान बनाउने सुनौलो मौका रहेको थियो । यहि प्रतियोगिताका लागि प्रशिक्षक विनोद दाशले पछिल्लो एक बर्षदेखि निकै मेहेनत गरेका थिए ।

तर मलेसियन भूमीमा युएईले विश्वकपमा स्थान बनाउदा नेपाल हेरेको हेरै भयो । नेपालले प्रतियोगितामा सिंगापुरलाई दुई सय १७, मलेसिया र कुवेतलाई समान ८ विकेट तथा ओमानलाई एक सय ५० रनले हराएको थियो । तर युएईसँग भने डकवर्थ एण्ड लुइसको नियमका आधारमा एक रनको हार ब्यहोरेको थियो ।

नेपाली टिमका प्रशिक्षक विनोद दाशले विश्वकपमा स्थान बनाउन नपाउनु आफ्नो लागि पनि निकै दुःखको कुरा रहेको बताएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest