विश्वकपका लागि पाकिस्तानकाे टिम घाेषणा

पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड र वेल्समा हुने वान डे विश्वकपको लागि टिमकाे घाेषणा गरेकाे छ । जसमा तिब्र गतिका बलर माेहम्मद अामिर परेनन् ।

१५ सदस्य टोलीमा पाकिस्तानले सादव खान,शाहिन अफ्रिदी,मोहम्मद हसन लगायतका युवा खेलाडीलाई मौका दिएको छ ।

पाकिस्तानले सरफराज अहमदको कप्तानीमा घोषणा टिम यसप्रकार रहेकाे छ ।

१.सरफराज अहमद (कप्तान तथा विकेटकीपर)
२.अबिद अली
३.बाबर आजम
४.फहिम असरार्फ
५.फकार जमान
६.ह्यारिस सोहेल
७.हसन अली
८.ईमाद वासिम
९.इमाम उल हक
१०.जुनैद खान
११.मोहम्मद हफिज
१२.मोहम्मद हसन
१३.सादब खान
१४.शाहिन शाह अफ्रिदी
१५.सोएव मालिक

पाकिस्तानले विश्वकप अघि पाकिस्तानले इंग्ल्यान्डसँग एक टी ट्वान्टी र पाँच वान डे खेल खेल्ने कार्यतालिका रहेको छ । पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest