नेपालकाे म्यानमारमाथि सानदार जित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेटको आफ्नो पहिलो नेपालले म्यानमारलाइ सात विकेटले पराजित गरेको छ ।

थाइल्यान्डको चियाङमाइमा म्यानमारले टस जितेर ब्याटिङ रोजेपछि वलिङ गरेको नेपालले शानदार उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालको धारिलो वलिङ सामु निरिह बनेको म्यानमार १३ ओभर दुइ वलमा ५८ रनमा अल आउट भयो । नेपालले नौ ओभरमा म्यानमारले ४६ रन बनाउदा आठ विकेट लिइसकेकोे थियो ।

नेपालका लागि कप्तान विशाल विक्रम केसी चार विकेट लिए । उनले पहिलो ओभरमानै दुइ विकेट लिदै नेपाललाइ सफलता दिलाएका दिए । उनले खान्त को को र ए म्यात थु लाइ खाता खोन्ल दिएनन् । एघार रन बनाएका क्रिस्टोफर रमेश कुर्मीको वलमा क्याच आउट भए । पाय सन हिन पनि ब्यक्तिगत एक रनमा विक्रमकै शिकार भए । चुस्त फिल्डिङ गरेको नेपालले चार खेलाडीलाइ रन आउट गर्यो । कङ तेत क ले सर्वाधिक १९ रन बनाए । दुइ खेलाडी बाहेक अरु कसैले पनि दोहोरो अंक छुन सकेनन् । निखिल कुमार सिंहले एक विकेट लिए ।

जवाफमा ५९ रनको क्रिनो लक्ष्य नेपालले आठ ओभर एक वलमा तीन विकेटको नोक्सानीमा पुरा गर्यो । नेपालको सहज जीतमा अर्जुन कुमालले अविजीत २६ रनको योगदान दिए ।सुवास ऐअरले ११ , दिपक बोहराले ६ रन बनाए । प्रशान्त महत नौ रन बनाउदै अन्त्मि समय सम्म क्रिजमा रहे । वलिङ तर्फ कङ तेत ले दुइ विकेट लिए । नेपाल प्रतियोगिताको साविक विजेता हो । नेपाल प्रतियोगिताको साविक विजेता हो । समुह ए मा नेपाल र म्यानमार सहित मलेसिया र घरेलु टोली तथा समुह बी मा सिंगापुर, हङकङ, चीन र भुटान छन । नेपालले अब बुधबार मलेसिया संग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest