सन्दिपकाे टिम दिल्लीद्वारा पञ्जाव पराजित

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई हराएकाे छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेलेकाे खेलमा दिल्लीले पन्जाबलाई ५ विकेटले पाखा लगायाे ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए ।

पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २/२ विकेट लिए ।

पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए ।

यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए ।

जितसंगै सन्दीपको टिम दिल्लीले लिगमा छैटौं जित हात पारेको छ । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।

चौंथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest