राहुल र पाण्ड्यामाथि जरिवाना

भारतीय दुई जना क्रिकेटर केएल राहुल र हार्दिक पाण्ड्यालाई महिला माथि भद्दा कमेन्ट गरेको भन्दै जनही २०-२० लाख रुपैयाँ जरिवान लगाइएको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआइले टेलिभिजन कार्यक्रममा महिला माथि सेक्सका विषयमा अनादार कुरा गरेको भन्दै २०-२० लाख रुपैयाँ जरिवाना लगाएको हो ।

गत जनवरीमा कफि विथ करनमा बोल्दै दुबै खेलाडीले महिलामाथि नराम्रो कमेन्ट गरेका थिए । २५ बर्षे पाण्ड्या र २७ बर्षे राहुललाई अष्ट्रेलियन टुरबाट विचमा नै घर फर्काइएको थियो ।

त्यसपछि उनीहरुले ५ खेल गुमाउनुका साथै म्याच फि बराबर ३० हजार पाउण्ड गुमाउन पुगेका थिए । कारवाही स्वरुप प्रतिबन्ध लगाइएपछि पछि हटाइएको थियो ।

बीसीसीआइले दुबै खेलाडीले आफुले बोलेको कुरामा पछुतो गरेको र माफि मागेकाले प्रतिबन्ध हटाएको बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest