इन्डियन प्रिमियर लिगमा आज दुई खेल

इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुनेछन । जसमा पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्स तथा दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोर र चेन्नेइ सुपर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

हैदरावादमा हुनेमा घरेलु टिम कोलकाता विरुद्ध दिउसो सवा चार बजेबाट खेल्नेछ । जारी प्रतियोगितामा पाँचौ र छैटौं स्थानमा रहेका हैदरावाद र कोलकाता विचको विजेताले लिगमा १० अंक बनाउँदै शिर्ष चारको यात्रा बलियो बनाउनेछ ।

जारी प्रतियोगितामा दोस्रो पटक खेल्न लागेका यी दुई टिम विच यसअघि भएको खेलमा हैदरावाद कोलकातासँग ६ विकेटले पराजित भएको थियो । गत बर्षको दोस्रो खेलमा हैदरावादले कोलकातालाई हराएको थियो । आज हैदरावादलाई घरेलु मैदानमा पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने मौका पनि हुनेछ ।

आज राति सवा आठ बजे लिग लिडर चेन्नेइ र विराटको टिम रोयल च्यालेञ्जर्स बैंग्लोर खेल्नेछन । लिगको शिर्ष स्थान र पुछारको टिम विचको यो खेल विराट भर्सेस धोनीका रुपमा पनि लिइएको छ । अघिल्लो खेलमा महेन्द्रसिंह धोनी रेष्टमा बस्दा टिम हार्न पुगेको थियो । आज उनी टिममा फर्किने छन ।

यता शिर्ष टिमलाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको बैंग्लोरले अहिलेसम्म खेलेका नौ खेलमा सातमा हार ब्यहोरेको छ । यता धोनीले सातमा जित निकालेको छ । त्यसैले पनि यो खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ । अहिलेसम्म बैंग्लोरले पछिल्ला ५ खेलमा चेन्नेइलाई हराउन सकेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest