आईपीएलमा दिल्ली राजस्थानसँग खेल्दै, सन्दिपकाे माैका कति ?

पञ्जाव विरुद्द उत्कृष्ठ किसिमले कमब्याक गरेकाे नेपाली बलर सन्दिप लामिछानेकाे टिम दिल्ली क्यापिल्सले  इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्ससँग खेल्दैछ ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने दुई टोलीबीचको खेल  राति ८:१५ मा सुरु हुनेछ । आजकाे खेलमा जित निकाल्दै तेस्रो स्थानको दिल्ली शिर्ष स्थानकाे चेन्नेइसँग अङ्क बराबरी गर्न चाहन्छ । दिल्लीकाे १० खेलबाट १२ अंक रहेको छ । चेन्नईको १४ अंक रहेको छ ।

आजकाे खेलमा नेपाली बलर सन्दिप लामिछाने पर्ने प्रवल स‌म्भावना रहेकाे छ । किनकी उनले पञ्जाव विरुद्द रन बढी दिएपनि महत्वपुर्ण तीन विकेट लिएका थिए । उनले एकै ओभरमा गेल र कुरानलाइ आउट गरेपछि खेलकाे अवस्था नै परिवर्तन भएकाे थियाे । त्यसकारण पनि उनलाइ आज टिमले खेलाउने स‌म्भावना निकै रहेकाे छ । सन्दीपले ५ खेलमा ८  विकेट हात पारिसकेका छन् ।

घरेलु मैदानमा राजस्थान चौंथो जितको खोजीमा हुनेछ  । अघिल्ला ९  खेलमा ३ जित निकालेको राजस्थान ६ अंक जोडेर सातौं स्थानमा छ ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest