स्कटल्याण्डका जर्ज मुन्सेले एकै ओभरमा ६ छक्का

स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

ग्लूस्टरसायरबाट खेलेका मुन्सेले बाथविरुद्धको मैत्रीपुर्ण खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । योसंगै मुन्सेले वेष्ट इण्डिजका पुर्व महान खेलाडी सर गार्फिल्ड सोब्बरको कीर्तिमानसंग बराबर गरेका छन् ।

मुन्सेले अष्ट्रेलियाका एलेन हिविटलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

२६ बर्षे मुन्सेले बाथविरुद्ध २० छक्काको मद्दतले ३९ बलमा १४७ रन बनाएका थिए ।  उनले २५ बलमा नै शतक पुरा गरेका थिए ।

उक्त खेलमा ग्लूस्टरसायरले ११२ रनको जित निकालेको थियो । ओपनर ब्याट्सम्यान गर्ज विलोसले पनि ५४ बलमा शतक बनाएपछि ग्लूस्टरसायरले २० ओभरमा ३ विकेट गुमाउदै ३२६ बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको बाथले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २१४ रन मात्र बनायो ।

मुन्सेले स्कटल्याण्डबाट १६ एकदिवसीय र २६ टी–ट्वान्टी खेल खेलिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest