सन्दिप राजस्थान विरूद्द टिममा परेनन्

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपाली बलर सन्दिप लामिछाने पनि टिममा परेका छैनन् । यो सिजन राजस्थान विरुद्ध पहिलो खेल खेल्न लागेको दिल्लीले अघिल्लो खेलमा पञ्जावलाई हराउँदै सन्दिपले तीन विकेट लिएका थिए । उनले चार ओभरमा ४० रन दिएर क्रिस गेल, केएल राहुल र साम कुरानलाई पेभेलियन फर्काएका थिए ।

सुरुवाती चार खेलमा ५ विकेट लिएका सन्दिप त्यसपछि लगातार ५ खेलमा बेन्चमा बसेको थिए । पञ्जाव विरुद्ध उनी टिममा फर्किएका थिए । सो खेलमा नै उनले महत्वपुर्ण तीन विकेट लिएका थिए । जसका कारण दिल्ली खेलमा फर्किएको थियो ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली आज विजयी भएमा शिर्ष स्थान चेन्नेईसँग अंक बराबरी गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest