राजस्थानलाइ हराउँदै दिल्ली आइपिएलकाे शिर्ष स्थानमा उक्लियाे

इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्र्सले सातौ जित निकालेको छ । आज भएको खेलमा दिल्लीले राजस्थान रोयल्र्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गरेको छ लिगकाे शिर्ष स्थानमा पुगेकाे छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि अजिन्क्या राहाणेले अविजीत सतक प्रहार गरे । उनले ६३ बलमा अविजीत एक सय ५ रन बनाए । जसमा ११ चौका र तीन छक्का सामेल थियो । यस्तै कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ट विन्नीले १९ रनको योगदान गरे ।

५ रनमा पहिलो विकेट गुमाएको राजस्थानका लागि दोस्रो विकेटका रुपमा राहाणे र स्थिमले एक सय ३० रनको साझेदारी गरेका थिए । जसका कारण उसको पारी सम्हालेको थियो ।

जवाफमा दिल्लीले १९ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । दिल्लीको जितमा रिशव पन्तले अविजीत ७८ रन बनाए । यस्तै शिखर धवनले ५४ रन बनाए भने पृथ्वी शा ले ४२ रनको योगदान गरे ।

दिल्लीले ११ खेलमा १४ अंक बनाएको छ । एक खेल कम खेलेको चेन्नेईको पनि समान अंक रहेपनि दाेस्राे स्थानमा झरेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest