आइपीएलको फाइनल खेल चेन्नेइबाट सर्याे

इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल खेल चेन्नेइबाट सेर हैदरावादमा हुने भएको छ ।

चेन्नैईमा हुने भनिएको फाइनल मैदान चिदम्बरम स्टेडियमको तीन वटा स्ट्याण्डको विवाद नसुल्झिएपछि बीसीसीआइले आइपिएलको फाइनल हैदरावादमा गर्ने भएको हो ।

बीसीसीआइले साविक विजेताको नाताले यसपटकको आइपीएल चेन्नेइमा गर्ने निधो गरेको थियो । तर सो मैदानमा समर्थक बस्ने तीन वटा स्ट्याण्ड विवादका कराण बन्द भएको र सो खोल्नका लागि चेन्नेइ टिम असफल भएपछि फाइनलको भेन्यु सारेको हो ।

चेन्नेईमा नहुने भएपछि बीसीसीआइले गत सिजनको उपविजेताका नाताले राजीवगान्धी स्टेडियममा हुने भएको छ । चेन्नेइमा क्वालिफायर्सको पहिलो खेल हुनेछ भने इलिमिनेटस र दोस्रो क्वालिफायर्स भिशाखापट्नममा हुने भएको छ ।

यो सिजन चेन्नेइले चार वटा खेल घरेलु मैदानमा खेलेको छ । जसमा बैंग्लोर विरुद्धको उद्घाटन खेल थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest