लगातार दाेस्राे जितकाे लक्ष्यमा नेपाली यू-१६ टिम

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा भोली मलेसियासँग खेल्नेछ ।

यो खेल नेपाली समय अनुसार विहान सवा नौ बजेबाट सुरु हुनेछ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालका लागि दोस्रो खेल हो भने मलेसियाका लागि समुहको अन्तिम खेल हो ।

उसले यसअघिका दुई खेलमा म्यानमार र घरेलु टिम थाइल्याण्डलाई हराएर सेमिफाइनलको यात्रा लगभग बनाइसकेको छ । भोली नेपाललाई हराएमा मलेसियाले समुह ए को विजेता बन्नेछ । यदि पराजित भएमा पनि उसको समुहको उपविजेता बन्ने मौका हुनेछ ।

मलेसियाले थाइल्याण्डलाई डी एल प्रणाली अनुसार २६ रनले हराएको थियो भने म्यानमारलाई ८ विकेटले पाखा लगाएको छ । समुहमा नेपालले मलेसियापछि अन्तिम खेलमा थाइल्याण्डसँग खेल्नेछ । नेपालले भोली हारेमा पनि थाइल्याण्ड विरुद्ध जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।

साविक विजेता समेत रहेको नेपालले यू–१६ मा दोस्रो पटक खेल्न लागेको हो । यसअघि मलेसियामा २०१७ मा भएको प्रतियोगितामा नेपालले घरेलु टिमलाई सेमिफाइनलमा १० विकेटले हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest