चेन्नेइले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायाे

इन्डियन प्रिमियर लिगमा चेन्नेइ सुपर किंग्सले आठौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेन्नेइले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो ।

चेन्नेइमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७५ रन बनायो । उसका लागि डेविड वार्नरले ५७ तथा मनिश पाण्डेले ८३ रन बनाए । यस्तै विजय शंकरले २६ रन जोडे ।

जवाफमा घरेलु टिम चन्नेइले सेन वाट्सनको उत्कृष्ट ब्याटिङको मद्दतले १९ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

खराव सुरुवात गरेको चेन्नेइले तीन रनमा पहिलो विकेट गुमाएको थियो । तर दोस्रो विकेटका लागि सुरेश रैना र वाटसनले ७७ रनको साझेदारी गरे । रैनाले ३८ रनको योगदान गरे । वाट्सनले ९६ रन बनाए । उनले आइपीएलमा समेत ८ हजार रन पुरा गरेका छन । आइपीएलमा ८ हजार रन बनाउने वाटसन दोस्रो अष्ट्रेलियन खेलाडी हुन । यस्तै अम्बाती राइडुले २१ रन बनाए ।

जितपछि चेन्नेइले ११ खेलमा आठ जितका साथ १६ अंक बनाउँदै फेरी शिर्ष स्थानमा उक्लिएको छ । हैदरावादको १० खेलमा १० अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest