एसीसी यू-१६ क्रिकेटमा नेपालद्वारा मलेसिया ३९ रनले पराजित

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेकाे छ । प्रतियाेगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई ३९रनले हरायो ।

थाइल्यान्डको चियाङमाइमा भएकाे खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३४ ओभर एक वलमा अल आउट हुदै एक सय ४१ रन बनाएको छ । नेपालको पारीमा कप्तान विशाल विक्रम केसी र अइस भट्टराइले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । अइसले ४२ वलमा ३४ रन जोड्दा विक्रम २८ रनमा आउट भए ।

ओपनरद्धय दिपक बोहोरा र अर्जुन कुमालल समान १६–१६ रनमा पवेलियन फर्किएका थिए । निखिल कुमार सिंहले १२ र सुवास ऐयरले एघार रन जोडे । चार खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । वलिङ तर्फ सिद्धार्थ कार्तिकले चार विकेट लिए ।

जवाफमा मलेसिया ३३ ओभर दुई बलमा एक सय दुई रनमा अलआउट भयो ।

उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । ले ३१ रनमा पांच विकेट गुमाएको थियो । तीन रनमा पहिलो विकेट गुमाएको मलेसियाले २८ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि ३१ रनमा पाच विकेट गुमाएको मलेसियाका लागि वान अहमेद असरफ र सरभिन सुरेन्दरनले अर्धसतकिय साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

जसमा वान १७ रनमा आउट भएपछि मलेसियाले ८४ रनमा छैटौं विकेट गुमायो । त्यसपछि नेपालले मलेसियाको स्कोर ९७ रन हुँदा अरु २ विकेट हात पार्यो । उसका किशन कुमारले ११ रन बनाए भने शरभिन सुरेन्द्रमले अविजीत ४६ रन बनाएपनि हारबाट बचाउन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest