बैैङ्लाेरले पञ्जाव विरुद्द १७ रनकाे जित निकाल्याे

रोयल च्यालेन्जर्स बैंगलोरले इण्डियन प्रिमियर लिगमा किङ्स इलाभेन पन्जाबलाई १७ रनले पराजित गरेको छ ।

एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।

कप्तान विराट कोहली १३ रनमा आउट भए । पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १र१ विकेट लिए ।

बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए । मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए ।

बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए ।

योसंगै बैंगलोरले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो । ञ्जितसंगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट ८ अंक जोडेको छ ।

पराजित पन्जाब पाँचौं स्थानमा रहेको छ । पन्जाबले ११ खेलबाट १० अंक जोडेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest