नेपाल यू-१६ ले थाइल्याण्डसामु २३५ रनकाे लक्ष्य

नेपालले एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन अन्र्तगत समुहको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ ।

चियाङमाइमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रन बनायो । ओपनर शुसान्त थापालाइ पहिलो ओभरमानै शुन्यमा गुमाएको नेपाललाइ विकाश बोहोरा र आइस भट्राइले अघि बढाएका थिए । यी दुइले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

ओपनर दिपक २५ रनमा क्याच आउट भए । त्यसपछि ८० रनमा तीन विकेट गुमाएको नेपालका विशाल विक्रम केसी र आशिष भट्टराईले ७३ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा विशालले ३८ रन बनाए भने आशिषले ५८ रनको योगदान गरे । त्यसपछि कृष्ण कार्कीले ११ रन बनाए । अन्तिमा निखिल कुमार सिंह र विशालकुमार पटेलले ४२ रनकाे साझेदारी गर्दै टिमलाइ बलियाे स्थितीमा पर्याए । निखिलले २२ र विशालले २८ रनको योगदान गरे ।

जारी प्रतियोगितामा नेपाल अपराजित छ । यसअघि नेपालले म्यानम्यारलाइ सात विकेट र मलेसियालाइ ३९ रनले पराजित गरेपछि सेमीफाइनलमा लगभग स्थान बनाइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest