आसन्न विश्वकप क्रिकेटका लागि वेष्ट इन्डिज टिमले टिमको घोषणा गरेको छ । जसमा चार बर्षमा एउटा मात्र एकदिवसिय खेल खेलका आन्द्रे रसेललाई टिममा राखेको छ ।
सन् २०१५ पछि मात्र एक एकदिवसिय खेल खेलेका रसेललाई वेष्ट इन्डिज क्रिकेट बोर्डले टिममा राखेको छ । तर टिममा कायरन पोलार्ड, मार्लोन स्यामुयल्स र तेज गतिका बलर सानोन गाब्रियलले भने स्थान बनाउन सकेनन् ।
दुई बर्ष अगाडी एकदिवसिय खेल खेलका इभीन लुइस र केमार रोचलाई वेष्ट इन्डिज क्रिकेट बोर्डले टिममा समावेश गरेको छ ।
वेष्ट इन्डिज टिमले आयरल्याण्डमा त्रिकोणात्मक सिरीज खेल्नेछ । जसमा आयरल्याण्ड र बंगलादेश समावेश हुनेछन ।
१५ जनाको टिम
जसोन होल्डर (कप्तान)
फावीयन एलेन
डारेन ब्राभो
कार्लोस ब्रेथवेट
सेल्डोन कोट्रेल
सानोन गाब्रियल
क्रिस गेल
सिमरोन हेटमेयर
सेइ होप
इभिन लुइस
एस्ले नुर्सी
निकोलस पुरन
केमार रोच
आन्द्र रसेल
ओसान थोमस