नेपाल एसीसी यू-१६ काे सेमिफाइनलमा प्रवेश

थाइल्याण्ड विरुद्धको खेल बर्षाका कारण रद्द भएपछि  नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको समुह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

थाइल्याण्डको चियाङमाईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । नेपालको इनिङमा आएश भट्टराईले ५८ रन जोडे ।

यस्तै कप्तान विशाल विक्रम केसीले पनि ३१ बलमा आक्रामक रुपमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । दिपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्का सहित ३५ रन जोडे ।

आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो । ब्यक्तिगत तर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे ।

बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले दुई विकेट लिए ।

जवाफमा थाइल्याण्ड एक अाेभर ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुग्याे । त्यसपछि खेल संभव नहुदा म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरे । जसका कारण दुबै टिम एक एक अंक बाढे । याे खेलबाट एक अंक जाेडेकाे नेपालले तीन खेलमा ५ अंकका साथ समुह ए काे शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुग्न सफल भयाे । मलेसिया उपविजेताका रूपमा अन्तिम चारमा पुग्याे ।

नेपालले समुह चरणकाे पहिलाे खेलमा म्यानमारमाथि सात विकेट र मलेसियालाइ ३९ रनले हराएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest