चेन्नई र मुम्बई विच राेमाञ्चक भिडन्त हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शीर्ष स्थानको चेन्नई सुपर किङ्गस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र मुम्बईबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा चेन्नई शीर्ष स्थानको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । चेन्नई लिगमा नवौं जितको खोजीमा हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । चेन्नई दोस्रो स्थानको दिल्ली भन्दा २ अंकले अघि रहेको छ । र , घरेलु मैदानमा मुम्बईलाई हराएर चेन्नई अग्रता थप फराकिलो बनाउदै प्ले अफमा पुग्न चाहन्छ ।

मुम्बईविरुद्ध चेन्नई पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा समेत हुनेछ । पहिलो भेटमा चेन्नईलाई मुम्बईले ३७ रनले हराएको थियो । जुन, चेन्नईको सिजनको पहिलो हार रहेको थियो ।

यता, रोहित शर्माको कप्तानीमा रहेको मुम्बई चेन्नईलाई हराउँदै लिगको दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । १० खेलमा १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा छ ।

यस्तै मुम्बई अघिल्लो खेलको नतिजालाई कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest