नेपालकाे लक्ष्य यू-१६ काे फाइनल

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोली हङकङसँग खेल्नेछ । समुह ए को विजेता र समुह बी उपविजेता नेपाल र हङकङ विचको खेल नेपाली समय अनुसार विहान सवा नौ बजेबाट सुरु हुनेछ ।

थाइल्याण्डमा हुने खेलको विजेताले फाइनलमा पुग्नेछ । साविक विजेता रहेको नेपाल लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । उसले समुह चरणमा तीन खेलमा दुई जीत निकालेको थियो भने समुहको अन्तिम खेल बर्षाका कारण रद्द भएको थियो । जारी प्रतियोगितामा अपराजित टिम नेपाल र हङकङको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

समुह चरणमा नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पाखा लगाएको थियो ।

यता हङकङको पहिलो खेल बर्षाका कारण रद्द भएको थियो भने सिंगापुरलाई ६ विकेट र चीनलाई दुई सय ७८ रनले पाखा लगाएको थियो ।

नेपाल र हङकङ दोस्रो पटक खेल्न लागेका हुन । अघिल्लो संस्करणको समुह चरणमा नेपालले हङकङलाई चार विकेटले हराएको थियो । हङकङले दिएको ८२ रनको लक्ष्य नेपालले ६ किवेट गुमाएर पुरा गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest