आईपीएलमा मुम्बईले चेन्नईलाई ४६ रनले

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बईले चेन्नईलाई ४६ रनले पराजित गरेको हो ।

चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै इभिन लेविसले ३२ तथा हार्दिक पाण्डयाले अविजित २३ रन बनाए । क्विनटन डी कक १५ रनमा आउट हुँदा केइरन पोलार्डले अविजित १३ रन बनाए ।

चेन्नईका मिचेल स्टाननरले २ तथा दिपक चाहर र इमरान ताहिरले १/१ विकेट लिए ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७ ओभर ४ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ्य भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए । तर, टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै मिचेल स्टाननरले २२ तथा ड्वाने ब्राभोले २० रन बनाए । चेन्नईका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest