टस हारेर बलिङमा उत्रेकाे नेपालकाे कसिलाे बलिङ

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले अहिले हंङकंङसँग खेलिरहेको छ ।

थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा नेपालले हंङकंङको खाता नखुल्दै पहिलो विकेट लियो । उसका जगराज सिंह शुन्य रनमा नै आउट भए । त्यसपछि ८ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका लुकास गाब्रियलले एक रन मात्र बनाउन सके ।

हंङकंङको विकेट झर्नेक्रम यतिमा रोकिएन । उसको स्कोर ३१ रन हुँदा ब्रिज सियोपुरी ८ रनमा पेभेलियन फर्किए । त्यसपछि हंङकंङले स्कोरबोर्डमा अरु एक रन थप्दा चौथो विकेट खेर फाल्यो । उसका मोहम्मद जाहिर खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि हंङकङको स्कोर ५९ रन हुँदा नेपालले पाँचौ विकेट लियो । उसका रौनक कपुर मात्र चार रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest