आइपीएलमा राजस्थान र हैदरावाद विच प्रतिस्पर्धा

इन्डियन प्रिमियर लिग आइपीएलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद विच प्रतिस्पर्धा हुनेछ ।

जयपुरमा हुने खेल नेपाली समय अनुसार राति सवा आठ बजेबाट खेल सुरु हुनेछ । अंक तालिकाको पुछारमा रहेको राजस्थान आजको हारले प्रतियोगिताबाट बाहिरीने खतरा हुनेछ । त्यसैले पनि राजस्थान हैदरावाद विरुद्ध जितका लागि मैदानमा उत्रनेछ ।

आजको खेलमा जोस बट्लर, जोफ्रे आर्चर र बेन स्टोक हुने छैनन् । तीनै खेलाडी विश्वकपको तयारीका लागि इंग्ल्याण्ड फर्किएका छन । यता हैदरावादका नियमित कप्तान केन विलियम्सन चेन्नेई विरुद्धको खेल अघि ब्यक्तिगत कारणले घर फर्किएकोमा यो खेल अगाडी पुग्नेछन ।

आइपीएलमा पछिल्ला ५ खेलमा राजस्थानले हैदरावादलाई एक खेलमा मात्र हराउन सकेको छ । जसमा २०१५ मा भएको लिग चरणको पहिलो खेलमा ६ विकेटले हराएको थियो ।

यता लिगको चौथो स्थानमा रहेको हैदरावाद राजस्थानलाई उसकै मैदानमा हराएर शिर्ष चारको यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest