इंग्ल्याण्डका हल्स प्रतिबन्धमा

इंग्ल्याण्ड क्रिकेट टिमका ब्याट्सम्यान एलेक्स हल्स प्रतिबन्धित औषधी प्रयोग गरेको पाइएपछि तीन साताको लागि प्रतिबन्धमा परेका छ । विश्वकपका लागि घोषणा भएको इंग्ल्याण्डको टिममा हल्सको नाम पछि समावेश थियो । तर ड्रग टेष्टमा उनी पोजेटिभ पाइएपछि उनलाई २१ दिनका लागि प्रतिबन्धमा पारेको हो ।

विश्वकपका लागि इंग्ल्याण्डको टिम छनोटकर्तालाई उनी प्रतिबन्धित औषधी प्रयोगमा सकारात्मक पाइएको थाहा नभएकाले उनलाई टिममा राखेको बताइएको छ ।

उनीमाथि फेरी २१ दिनपछि दोस्रो चरणको टेष्ट हुनेछ । पहिलो चरणको परिक्षणमा उनी फेल भएपछि उनले खेल्दै आएको नोटिङहामसायर रोयल लण्डन क्लवको क्याम्पबाट ब्यक्तिगत कारण देखाउदै नाम फिर्ता लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest