वाटसनले बिग ब्यास लिग नखेल्ने

अष्ट्रेलियन क्रिकेटर सेन वाट्सनले विग ब्यासबाट पनि सन्यास लिएका छन । अन्तराष्ट्रिय क्रिकेटबाट सन् २०१६ मा विदा लिइसकेका वाटसन्ले बिग बास लिगमा सिड्नी थन्डरबाट पनि नखेल्ने निर्णय गरेका छन ।

चार बर्ष अगाडी सिड्नी थन्डर्समा अनुबन्ध भएका वाट्सन त्यो भन्दा अगाडी सिड्नी सिक्सर्स र मेलबर्न हिटबाट खेलेका थिए । तर थन्डरबाट उनले ४१ खेलमा ४० खेल खेलेका थिए ।

पछिल्लो तीन सिजनमा उनी सिड्नी थन्डरको कप्तान रहेका थिए । जसमा उनले एक हजार १४ रन बनाएका थिए । गाबामा सिड्नी हिट विरुद्ध ६१ बलमा सतक पुरा गरेका उनले गत सिजनमा दुई बर्षको सम्झौता लम्ब्याएका थिए । तर उनले सो सम्झौता विचमा तोडेका छन । उनले परिवारसँग धेरै समय विताउने बताउदै सन्यास लिएका हुन ।

वाट्नस हाल इन्डियन प्रिमियर लिगमा चेन्नेइबाट खेलिरहेका छन । वाट्सनले ओभरसिजमा भने निरन्तरता दिने बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest