नामिविया र पपुवा न्यू गिनीले एकदिवशीय मान्यता पाए

नामिविया र पपुवा न्यू गिनीले एकदिवशीय मान्यता पाएका छन् । नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट क्रिकेट लिगमा तालिकामो शीर्ष चारभित्र रहन सफल हुँदै नामिविया र पपुवा न्यू गिनीले चार वर्षका लागि एक दिवशीय मान्यता पाएका हुन् ।

लिगको अन्तिम खेलमा नामिवियाले हंङकङलाई १५१ रनको भारी अन्तरले हरायो । यो जितसँगै नामिविया डिभिजन टूमा दोस्रो स्थानमा उक्लिएको छ । नामिवियाले ३९६ रनको योगफल तयार पर्दा हंङकङ रनमा अलआउट भएको थियो । पपुवा न्यू गिनीले भने एक खेलअघि नै एक दिवशीय मान्यता पाइसकेको ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्याे ।

२२१ रनको योगफल तयार पारेको पपुवा न्यू गिनीले ओमानलाई ७६ रनमा अलआउट गरेपछि १४५ रनको जित निकाल्यो । यसअघि अमेरिका र ओमानले एक दिवशीय मान्यता पाइसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest