नेपालले हङकङबाट ८७ रनको लक्ष्य पायाे

एसीसी यू–१६ इस्टर्न रिजनल च्याम्पियनसिपमा नेपालले हंङकंङबाट ८७ रनको लक्ष्य पाएको छ ।

थाइल्याण्डको प्रेम तिन्सुलानान्डा स्कुलको मैदानमा टस जितेर ब्याटिङ गरेकाे हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । उसका कप्तान आरुस भगवतले अविजीत ४३ रन बनाए ।

नेपालले हंङकंङको खाता नखुल्दै पहिलो विकेट लियो । उसका जगराज सिंह शुन्य रनमा नै आउट भए । त्यसपछि ८ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका लुकास गाब्रियलले एक रन मात्र बनाउन सके । उसका कप्तान आरुस भगवतले अविजीत ४३ रन बनाए ।

हंङकंङको विकेट झर्नेक्रम यतिमा रोकिएन । उसको स्कोर ३१ रन हुँदा ब्रिज सियोपुरी ८ रनमा पेभेलियन फर्किए । हंङकङको स्कोर ५९ रन हुँदा नेपालले पाँचौ विकेट लियो । उसका रौनक कपुर मात्र चार रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको हङकङ अन्ततः हंङकंङ ८६ रनमा अलआउट भयो । नेपालले २० अतिरीक्त रन दिएको थियो ।

बलिङमा नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमा पटेलले दुई दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest