नेपाल एसीसी यू-१६ इस्टर्न रिजनकाे फाइनलमा

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुग्न सफल भयो ।

थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

नेपालले हंङकंङको खाता नखुल्दै पहिलो विकेट लियो । उसका जगराज सिंह शुन्य रनमा नै आउट भए । त्यसपछि ८ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका लुकास गाब्रियलले एक रन मात्र बनाउन सके ।

त्यसपछि हङकङले स्कोरबोर्डमा ६६ रन बनाउदा ६ विकेट खेर गयो । उसका अहान त्रिवेदी ५ रनमा रनआउट भए । त्यसको लगत्तै नेपालले हङकङको सातौ विकेट लियो । उसका वाहिद मोहम्मदले खाता खोल्न नपाउदै आउट भए ।

एकपछि अर्को विकेट गुमाएको हङकङ ८६ रनमा अलआउट भयो । नेपालले २० अतिरीक्त रन दिएको थियो ।

बलिङमा नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमा पटेलले दुई दुई विकेट हात पारे ।

जवाफमा नेपालले २१ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले १९ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका ओपनर दिपक बोहोरा ११ रनमा आउट हुन पुगे । त्यसपछि अर्का ओपनर सुवास ऐयर १० रनमा आउट भएपछि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर ४४ रन हुँदा तेस्रो विकेट गयो भने ५१ रनमा चौथो विकेट झर्यो । कप्तान विकाश विक्रम केसी सात रनमा र आशिष भट्टराई १७ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै नेपालले पाँचौ विकेट खेर फाल्यो । प्रशान्त महत मात्र एक रनमा आउट भए ।

नेपालका मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन नसक्दा टिमले एकपछि अर्को विकेट गुमाउन पुग्यो । नेपालको स्कोर ६९ रन हुँदा छैटौ विकेट गयो । रोहन दुधराज १४ रनमा आउट भए । अन्तिममा नेपालले सहज जित हात पार्याे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest