एसीसी यू-१६ मा नेपालले फाइनलमा मलेसियासँग खेल्ने

थाइल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियासंग खेल्ने भएकाे छ ।

नेपालले हङकङमाथि चार विकेटकाे जित निकालेकाे केहि समयमा अर्काे सेमिफाइनलमा मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गरेपछि नेपालसँगकाे भेट पक्का भएकाे हाे ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउंदै एक सय ७० रन बनायाे ।

जवाफमा सिंगापुर ३० ओभर ४ बलमा एक सय १३ रनमा राेकियाे । नेपाल र मलेसिया विचकाे फाइनल खेल भाेली हुनेछ । जारी प्रतियाेगितामा नेपाल मलेसियासँग दाेस्राे पटक खेल्ने लागेकाे हाे । समुह चरणमा नेपालले मलेसियामाथि ३९ रनले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest