अष्ट्रेलियाकी क्लेरी पुरुष क्रिकेटमा अम्पायरीङ गर्ने पहिलाे महिला

पुरुष क्रिकेटकाे अम्पायरीङ गर्ने पहिलाे महिला अम्पायरमा रुपमा अष्ट्रेलियाकी क्लेरी पोलोसाककाे नाम दर्ता भएकाे छ । उनी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत ओमान र नामिबियाबीचकाे पुरुषको एक दिवसीय अन्तराष्ट्रिय खेलमा अम्पायरीङका लागि मैदानमा उत्रिएकी थिइन ।

३१ बर्षे क्लेरीले हालसम्म महिला एकदिवसीय खेलमा १५ वटामा अम्पाएरिङ गरेकी छिन । उनले अम्पायरीङ करियर सन् २०१६ मा अस्ट्रेलिया र दक्षिण अफ्रिका बिचको खेलबाट गरेकी थिइन ।

सन् २०१८ को महिला टी-ट्वान्टी विश्वकपको ४ खेलमा उनले अम्पायरकाे अनुभव बटुलेकी थिइन । उनले सन् २०१७ मा अष्ट्रेलियाको लिस्ट ‘ए’ पुरुष क्रिकेटमा पुरुष क्रिकेटमा अम्पाएरिङ गर्ने पहिलो महिलाको रेकर्ड राखेकी थिइन् ।

उनी पुरुष क्रिकेटमा अम्पायरीङ गर्ने भएपछि अरु महिला अम्पायरलाइ पनि बाटाे खुलेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest