एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालकाे उपाधि रक्षा

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले उपाधि रक्षा गरेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई फाइनलमा ५९ रनले हरायो ।

नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनायो ।

२० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट झार्न पुग्यो । सुसान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दिपक बोहोरा २३ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो ।

त्यसपछि नेपालको स्कोर एक सय २२ रन हुँदा आठौं विकेट झर्यो । क्रिस कार्की नौ रनमा आउट भए भने निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए । जसका कारण नेपालले एक सय ३१ मा नौ विकेट खेर फाल्यो । अन्तत नेपालले एक सय ४१ रनकाे लक्ष्य दियाे ।

जवाफमा मलेसिया ३४ ओभर ५ बलमा ८१ रनमा अलअाउट भयाे ।

उसका तीन खेलाडीलेमात्र दोहोरो अंक छुन सके । मलेसियाले नौ रनमा पहिलो विकेट गुमायो । उसका किशन कुमार खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि २२ रन हुँदा सिद्धार्थ कार्तिक चार रनमा पेभेलियन फर्किए । त्यसका लगत्तै अर्का खेलाडी वान मुहम्मद अजाम पनि १६ रनमा पेभेलियन फर्किएपछि नेपालले तेस्रो विकेट लिन सफल भयो ।

आठौं विकेटका लागि मुहम्मद हाजिक र जितेन्द्र मुर्लेले २८ रनको साझेदारी गरेका थिए । तर हाजिक १८ रनमा आउट भएपछि नेपालले आठौं विकेट लियो । बलिङमा नेपालका विशालकुमार पटेलले चार तथा दीपक बाेहाेराले ३ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest