२ ओभरमा सन्दिप विकेटविहिन

बंग्लोर विरुद्धको खेलमा टिममा परेका सन्दिप पहिलो ओभरमा महंगो सावित भएका छन । उनले २ ओभरमा २६ रन खर्चिन पुगे ।

टिमको तेस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सुरुवाती दुई बलमा चौका खान पुगे । उनको बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन दिएका सन्दिपले चौथो बलमा पनि एक रन खर्चिए । तर पाँचौ बलमा फेरी पटेलले नै सन्दिपको बलमा चौका प्रहार गरे । त्यसपछि अन्तिम बलमा एक रन लिन सफल भए ।

त्यसपछि टिमको ११ औं तथा ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले ११ रन दिए । उनको हरेक बलमा एवी डिभिलियर्स र डुबेले एक एक रन लिए । लिएर आएका सन्दिपले सुरुवाती तीन बलमा तीन रन दिए । चौथो बलमा पनि सन्दिपले एक रन दिएका सन्दिपले पाँचौ बलमा पनि एक रनमात्र दिएका थिए । तर ओभरको अन्तिम बलमा छक्का खान पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest