दिल्लीद्वारा बैंग्लाेर १६ रनले पराजित

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्स रोयल च्यालेञ्जर्स बैंग्लाेरलाई १६ रनले हराउँदै शिर्ष स्थानमा उक्लियो ।

दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८७ रन बनायो । मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो । उसका ओपनर पृथ्वी शा ले १८ रन बनाए ।

यस्तै शिखर धवनले फेरी अर्को अर्धसतक हात पारे । जारी आइपीएलमा उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै कप्तान श्रेयस ऐयरले ५२ रन बनाए । यी दुई खलाडीले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । यस्तै कोलीन इन्ग्रामले ११ तथा रुथरफोर्डले २८ र अक्सर पटेलले १६ रन बनाए ।

बलिङमा बैंग्लोरका युज्विन्द्र चहलले दुई विकेट हात पारे ।

जवाफमा बैंग्लोरले २० ओभरमा सात विकेट गुमाउदा एक सय ७१ रन मात्र बनाउन सक्यो ।  बैंग्लोरका लागि पार्थिव पटेलले ३९, कप्तान विराट कोहलीले २३ तथा डेबेले २४ रन बनाए । यस्तै गुरकिरत सिंहले २७ र मार्कुस स्टोनीसले अविजीत ३२ रन बनाए ।

यो जितपछि दिल्लीले चेन्नेइसँग अंक बराबरी गरेपनि रनरेटका आधारमा शिर्ष स्थानमा उक्लियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest