उपाधि विजेता यू-१६ टिम स्वदेश फर्कदै

थाइल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि लगातार दोस्रो पटक जित्न सफल नेपाली किशोर टिम आज स्वदेश फर्किदै छ ।

मलेसियालाई फाइनलमा ५९ रनले हराएको नेपाली किशोर टिम दिउसो दुई बजे नेपाल आइपुग्नेछ । अघिल्लो संस्करण सिंगापुरलाई हराएको नेपाल यो प्रतियोगितामा मलेसियालार्ई सिकार बनाएको थियो ।

[match_center id=”31075″]

प्रतियोगितामा एक्लो अपराजित टिम नेपालले समुह चरणमा मलेसियालाई ३९ तथा र म्यानमारलाई सात विकेटले हराएको थियो । थाइल्याण्ड विरुद्धको खेल भने बर्षाले विथोलिएको थियो ।

सेमिफाइनलमा नेपालले हङकङलाई चार विकेटले पाखा लगाउदा फाइनलमा फेरी मलेसियालाई नै आफ्नो सिकार बनायो । प्रतियोगिताको विजेता टिमलाई भब्य स्वागतको अपेक्षा गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest