हैदरावाद र पञ्जावकाे भिडन्त

इन्डियन प्रिमियर लिग आइपीएलमा आज सनराइजर्स हैदरावाद र किंग्स इलावेन पञ्जाव विच प्रतिस्पर्धा हुनेछ ।

हैदरावादमा हुने खेल नेपाली समय अनुसार राती सवा आठ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा पुछारबाट तेस्रो स्थानमा रहेको पञ्जावलाई प्लेअफको संभावना जिवितै राख्न हैदरावाद विरुद्ध जित आवश्यक छ । उसको ११ खेलमा ५ जित र ६ हार ब्यहोरेको छ । यता चौथो स्थानमा रहेको हैदरावादको ११ खेलमा समान नतिजा नतिजा निकालेको छ ।

यसअघि जारी प्रतियोगितामा भएको खेलमा हैदरावाद पञ्जावसँग पराजित भएको थियो । आज हैदरावादलाई सोहि हारको बदला लिने मौका हुनेछ ।

पञ्जाव विरुद्ध पछिल्ला ५ खेलमा हैदरावाद तीनमा जित र दुई हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest