उपाधि विजेता टिम स्वदेश फिर्ता

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।

प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको बताउँदै टिमले उपाधि रक्षा गर्नु चुनौती थियो, तर त्यो पुरा गरेर फर्किएका छौ, ओभरअल टुर फलदायी बनेकोमा निकै खुसी रहेको बताए । प्रशिक्षक बसन्तले दोस्रो पटक यू–१६ टिमलाई सम्हालेका थिए ।

नेपाली टिमका कप्तान विशाल विक्रम केसीले यो प्रतियोगिताबाट युवा खेलाडीमा रहेको क्षमता देखिएको बताए । साथै उनले उमेर समुहमा पछिल्लो पटक निकै कम प्रतियोगिता भइरहेका बेला अन्तराष्ट्रिय स्तरमा जस्तो प्रदर्शन हामीले गर्यौ त्यसबाट आफु सन्तुष्ट रहेको समेत बताए ।

नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई पाखा लगाउँदै उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित एक्लो टिम हो । नेपाल तीनै पक्षमा अरु भन्दा बलियो रहेको थियो । अब यो टिममा रहेका खेलाडीले बुधबारबाट सुरु हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest