महिला क्रिकेट लिग तेस्राे पटक सर्याे

नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मिति तेस्रो पटक सरेको छ ।

आयोजक एनसीएल स्पोर्टस प्रालीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको मिति सरेको जनाएको छ ।

तेस्रो पटक मिति सरेको प्रतियोगिता अब जेठ अन्तिम साता आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता जेठ २४ देखि ३० गतेसम्म संचालन हुने जनाएको छ ।

यसअघि प्रतियोगिता जेठ ७ गतेबाट १४ गतेसम्म आयोजना हुने आयोजकले जनाएको थियो । त्यसअघि प्रतियोगिता बैशाख ७ देखि १४ गतेसम्म हुने बताईएको थियो ।

प्रतियोगिता कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ  । प्रतियोगितामा ४ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् ।

चार वटै टोलीले मार्की खेलाडी र अक्सनबाट १३/१३ खेलाडी अनुबन्ध गरिसकेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्  ।

प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समत पुरस्कार पाउने आयोजकले जनाएको छ  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest