आईपीएलमा बैंगलोर र राजस्थानकाे भिडन्त

इण्डियन प्रिमियर लिगमा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र राजस्थानबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

राजस्थान घरेलु टोलीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ । प्ले अफ संभवाना जीवित राख्न राजस्थानको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।

राजस्थानले १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले बैंगलोरलाई पराजित गर्दै राजस्थान प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ ।

यता, घरेलु टोली राजस्थानलाई अंक तालिका सुधार गर्ने चाहन्छ । पुछारको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ ।

बैंगलोर प्रतियोगिताबाट बाहिरिसकेको छ । बैंगलोरको झिनो गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest