चेन्नेइ विरुद्द सन्दिप पर्लान ?

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रने छन् । प्ले अफ पुगिसकेका दुवै टोली दबाब रहित मैदान उत्रने छन् ।

शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । र, दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।

यता, चेन्नई दिल्लीलाई हराएर शीर्ष स्थानमा फर्कन चाहन्छ । चेन्नईको पनि १२ खेलबाट १६ अंक रहेको छ । चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछि छ ।

चेन्नईविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ । सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

दिल्लीविरुद्ध चेन्नईका कप्तान महेन्द्र सिंह धोनी मैदान उत्रने सम्भावना अझै अन्योल रहेको छ । अस्वस्थ्यका कारण धोनी पछिल्लो खेलमा मैदान उत्रिएका थिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest