रसेल अर्थात सुपरहिराे

वेष्ट इण्डिज क्रिकेट टोलीका अलआउण्डर आन्द्रे रसेलले ‘सुपर हिरो’ उपनाम पाउँदा आफुलाई खुसी लाग्ने बताएका छन् ।

संयोग नै सही, रसेलले भारतमा जारी आईपीएलमा कोलकत्ता नाईट राइडर्सबाट तहल्का मच्चाई रहँदा हलिउडको बहुचर्चित फिल्म एभेन्जर्ससंग तुलना गर्दै सुपर हिरोको उपनाम दिएका छन् ।

रसेलले कोलकत्तालाई जित दिलाउन एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गत आइतबार मुम्बई इण्डिएनसबिरुद्द उनले बिस्फोटक पारी खेल्दै कोलकत्तालाई जित दिलाए । सो खेलमा उनले ४० बल खेल्दै ८ छक्का र ६ चौकाको मद्दतले ८० रनमा अविजित रहेका थिए । बलिङतर्फ २ विकेट हात परेका थिए ।

‘म एभेन्जर्सको प्रशंसक हो । केही समयदेखि म एभेन्जर्स हेरिरहेको छु । यदि मलाई प्रशंसकले सुपर हिरोको उपनाम दिन्छन भने म खुसी छु ।’ खेलपछि उनले भने ।

दुई पटकको आईपीएल च्याम्पियन कोलकत्तालाई लगातार ६ खेलको हारबाट निकाल्दै उनले ३४ रनको जित दिलाएका थिए ।

‘हात र आँखालाई एकै ठाउँमा केन्द्रित गर्दै ब्याटको बेगसंगै आफुलाई नियन्त्रणमा राख्नु निकै महत्वपुर्ण छ ।’ आफुलाई क्रिकेटमा सुपर हिरो बनाउने कारण बारे रसेलले भने ।

इडेन गार्डेनमा उनले ८० रन प्रहार गरेका थिए । मुम्बईका बलरले सबै तरिका अपनाउँदा पनि रसेल तथा कोलकत्तालाई जितबाट राेक्न सकेनन् ।

१२ खेलमा ५ जित हात परेको कोलकत्ता अंक तालिकाको छैटौ स्थानमा छ । प्ले अफमा पुग्न उसले बाँकीं दुई खेल जित्न पर्ने दबाब छ ।

‘आशा छ बाँकी दुई खेलमा जित हात पर्दै प्ले अफ पुग्ने छौ । यो मेरा जिवनको उत्कृष्ट दिन बनेका छन् ।’ रसेलले थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest