टी-२० काे नयाँ बरियतामा साेमपाल माथि उक्लिए

अन्तराष्ट्रिय क्रिकेट परिषदकाे टी-२० काे नयाँ बरियतामा अलराउण्डरतर्फ कप्तान पारस ३८ औं स्थानमा यथावत रहेका छन । यस्तै साेमपाल कामी एक स्थान सुधार गर्दै ४९ औं स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी  रहेका छन । जसमा कप्तान पारस ७६ अंक का साथ ३८ स्थानमा छन । नेपाली खेलाडीकाे याे अहिलेसम्मकै उच्च बरियता हाे । अलराउण्डरतर्फ नै ६० अंकका साथ सोमपाल ५० औं स्थानबाट ४९ मा पुगेका छन ।

ब्याटिङतर्फ भने पारस तीन स्थान तल झर्दै ९५ औं स्थानमा छन्  । यसअघि पारस ९२ औं स्थानमा थिए ।

बलिङमा सोमपाल र बसन्त दुबैले एक एक स्थान माथि उक्लिएका छन । सोमपाल ६८ र बसन्त ६९ औं स्थानमा छन्  । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा थिए । टिमका हिसावले नेपाल विश्वबरियतामा १४ मा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest