यू–१६ क्रिकेटको उद्घाटन खेलमा प्रदेश नम्बर तीन आठ विकेटले विजयी

मनमोहन मेमोरियल अन्तर प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर तीन आठ विकेटले विजयी भएको छ ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा गण्डकी प्रदेशले दिएको १ सय रनको लक्ष्य प्रदेश तीनले १६ दशमलब ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । प्रदेश तीनको जीतमा आशिष भट्टराई र अभिषेक उपाध्यायले उत्कृष्ट ब्याटिङ गरेका थिए । आशिषले ६ चौकाको मद्दतले ५९ रनमा नट आउट रहँदा चार चौका प्रशार गरेका अभिषेक ३५ रनमा नट आउट रहे ।

टस जीति पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश २७ दशमलब ५ ओभरमा सवै विकेट गुमाएर ९९ रनमा समेटिएको थियो । गण्डकीका लागि अभिषेक थापाले २२ रन बनाउँदा अनित बराल १७ र अर्जुन कुमाल १६ रनमा आउट भए । प्रदेश तीनका अजय देवले सर्वाधिक ४ विकेट लिए ।

५ दशमलब ५ ओभर बलिङ गरेका अजयले २४ रन खर्चिएका थिए । सक्रिय प्रताप कार्की, दीप्क बोहरा र कृष कार्कीले एक एक विकेट लिए । बुधबारको खेलमा ६ विकेट लिएका अजय देब म्यान अफ दी म्याच भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest