एपीएफ कर्णाली प्रिमियर लिगकाे सेमिफाइनलमा

सुर्खेतमा जारि कर्णाली प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा शसस्त्र प्रहरी बल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। समूह ‘बि’ बाट समुह विजेताको रुपमा एपीएफ र उप-विजेताको रुपमा न्यु होराइजन बुटवल सेमीफाइनल प्रवेश गरेका छन् भने समुह ‘ए’ बाट समूह विजेताको रुपमा कर्णाली-११ र उप-विजेताको रुपमा त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेका छन्।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा जारि प्रतियोगिताको सेमीफाइनल खेलहरु शुक्रबार संचालन हुनेछन्। पहिलो सेमीफाइनलमा कर्णाली-११ र न्यु होराइजनले प्रतिस्पर्धा गर्ने छन् भने दोश्रो सेमीफाइनलमा एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार खेलिनेछ।

भुवन कार्कीको अल-राउण्ड प्रदर्शन 

कालिन्चोक मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो। उसको लागि सुमित महर्जनले सर्वाधिक २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ रन योगदान दिए। महेन्द्रनगर क्रिकेट एकेडेमीका बलर सन्तोष भट्ट र आकाश चन्दले समान ३/३ विकेट तथा बिक्रम ठगुन्नाले २ विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो र १८ रनले पराजित हुन पुग्यो।

महेन्द्रनगरलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफ बलर कमल सिंह ऐरीले सर्वाधिक ३ तथा भुवन कार्कीले २ विकेट लिए। सन्तोष भट्टले ५० रन बनाए पनि महेन्द्रनगर जितसम्म पुग्न सकेन। भट्टले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै हेमन्त कार्कीले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

खेलको प्लेयर अफ द म्याच भुवन कार्की घोषित भए।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest