सांगाकारा एमसीसीकाे अध्यक्ष बन्ने पहिलाे गैरबेलायती खेलाडी

श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) को अध्यक्षमा नियुक्त भएका छन । सांगाकारा बेलायत बाहिरको खेलाडी एमसीसीको अध्यक्ष बनेको पहिलो पटक हो ।

अक्टोबर एक तारिखबाट लागु हुने गरी एमसीसीका अहिलेका अध्यक्ष एन्थोनी वेरफोर्डले सांगाकारालाई नयाँ अध्यक्षमा मनोनयन गरेका हुन । बुधबार एमसीसीको बार्षिक बैठकमा सांगाकारा एक बर्षका लागि नयाँ अध्यक्षमा नियुक्त भएको घोषणा गरिएको हो ।
एमसीसीको नयाँ अध्यक्षमा नियुक्त भएपछि सांगाकाराले विश्वको प्रतिष्ठित क्लवको अध्यक्षमा नियुक्त हुन पाउदा निकै गर्व महसुस भएको बताएका छन ।

साथै उनले एमसीसी विश्वकै उत्कृष्ट क्रिकेट क्लव भएको र उसको क्रिकेट भित्र र बाहिर निकै राम्रो इज्जत रहेको बताए । २०२० क्रिकेटका लागि झन उत्कृष्ट बर्ष हुने बताउँदै, सो बेला एमसीसीको अध्यक्षका हैसियतले राम्रो योगदान गर्नेमा विश्वस्त रहेको बताए ।
सांगाकाराले २०११ मा एमसीसीको स्प्रिट अफ क्रिकेट लेक्चरमा आफ्ना सहभागिता जनाएका थिए । २०१२ मा सांगाकारालाई आजीवन एमसीसीको सदस्यता दिइएको थियो । सोहि बर्ष उनले एमसीसीको विश्व क्रिकेट कमिटीमा समावेश भएका थिए । त्यसपछि पनि उनी सक्रिय सदस्यका रुपमा काम गर्दै आएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest