आईपीएलमा आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र हैदरावादबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

वान्खाडे क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने छन् । प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।

घरेलु टोली मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ । हैदरावादलाई पराजित गर्दै मुम्बई प्ले अफ पुग्न चाहन्छ । मुम्बई दोस्रो स्थानको दिल्ली क्यापिटल्स भन्दा २ र शीर्ष स्थानको चेन्नईभन्दा ४ अंकले पछि छ ।

यता, हैदरावाद घरेलु टोलीलाई पराजित गर्दै प्ले अफको सम्भावना कायम गर्न चाहन्छ । चौंथो स्थानको हैदरावादले १२ खेलबाट १२ अंक जोडेको छ ।

यस्तै हैदरावाद मुम्बईसंग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसै सिजनको पहिलो भेटमा मुम्बईले हैदरावादलाई ४० रनले हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest