क्रिकेटरले ३ महिना पछि पाए सरकारकाे पुरस्कार

सरकारले राष्ट्रिय क्रिकेट टोली, सागको स्वर्ण विजेता यू २३ टोली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सिंहदबारमा बिहीबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई नगद प्रदान गरे । मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकले महर्जन, क्रिकेट टोली र फुटबल टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको थियो ।

गत वर्ष संयुक्त अरब इमिरेन्ट्स (यूएई) लाई वान डे र टि ट्वान्टी सिरिजमा हराउने नेपाली टोली र सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली युवा फुटबल टोली पुरस्कृत गरिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest