अन्तराष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहन सफल भएको हो । नेपालले १५२ अंक पाएको छ।
आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो । उक्त सिरिज नेपालले २-१ ले जितेको थियो ।
युएईसंगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन । टी-ट्वान्टी वरियतामा पनि नेपाल १४ औं स्थानमा रहेको छ ।
नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा दक्षिण अफ्रीका रहेका छन् । चौथोमा न्युजिल्यान्ड र पाँचौमा अष्ट्रेलिया रहेको छ ।
नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।